गृहकार्य: कक्षा ७ का विद्यार्थीहरुको लागी पाठ १ को गृहकार्य (प्रकाशित मिति: असार ५ गते)

१. तलका खाली ठाउँ भर :

(क) कम्प्युटर एक ........... उपकरण हो ।
(ख) कम्प्युटर .................. शब्द .................. बाट आएको हो।
(ग) कम्प्युटरको .............. भागमा अस्थायी रूपमा डाटा भन्डारण हुने गर्दछ।
(घ) किबोर्ड कम्प्युटरको .......... उपकरण हो।
(ङ) Hard disk मा आँकडा ........ रूपमा भन्डारण गरिन्छ।

२. ठिक र बेठिक छुट्याऊ :

(क) कम्प्युटरले तार्किक कार्य गर्छ ।
(ख) हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले कार्य गर्छ ।
(ग) प्रिन्टर प्रशोधन उपकरण हो।
(घ) फ्ल्यास मेमोरी अस्थायी भन्डारण यन्त्र हो।
(ङ) हार्ड डिस्क भन्डारण उपकरण हो।

३. तलका प्रश्नको उत्तर लेख :

(क) कम्प्युटर भनेको के हो ? यो कहाँ कहाँ प्रयोग हुन्छ ?
(ख) कम्प्युटरले कसरी काम गर्छ ?
(ग) इन्पुट डिभाइस (उपकरण) भनेको के हो ?
(घ) प्रशोधन उपकरण (डिभाइस) भनेको के हो ?
(ङ) भण्डारण उपकरण भनेको केे हो ?
(च) इन्पुट, आउटपुट, प्रशोधन र आउटपुट उपकरणहरुको सुची तयार गर ।
(छ) कम्प्युटरले हाम्रो दैनिक जीवन कसरी प्रभाव पारेको छ ?

(विद्यार्थीहरुले अनलाइन सिकाई सहजिकरणमा सहभागी हुँदा गृहकार्य देखाउनु पर्नेछ ।)

Comments

Popular posts from this blog

कक्षा ७ - कम्प्युटर शिक्षा [Unit 2 - Objective Test Exam]

कक्षा ७ - कम्प्युटर शिक्षा [Unit 1 - Objective Test Exam]